१८ श्रावण, नेपालगञ्ज । नेपालगञ्ज उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आगामी भदौ २ गते हुने निर्वाचन अन्तर्गत साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले बिहीवार उम्मेदवारहरुको घोषणा गरेको छ ।
नेपालगञ्जस्थित मेजेष्टिक पार्टी प्यालेसमा आयोजित उम्मेदवार घोषणा कार्यक्रममा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले ललित रौनियारको नेतृत्वमा उम्मेदवारहरुको घोषणा गरेको हो ।
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको सचिवालय संयोजक एवम् नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व महासचिव विष्णुप्रसाद लामिछानेले उम्मेदवारहरुको घोषणा गरेका हुन् ।
प्रजातान्त्रिक समूहबाट उद्योग उपाध्यक्षमा मो. सफिक बेहना, बाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ र महिला उपाध्यक्षमा करिश्मा योगी तथा महासचिवमा टंकप्रसाद शर्मा उम्मेदवार रहेका छन् । यस्तै सहसचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामीको उम्मेदवारी घोषणा भएको छ ।
यसैगरी सदस्यहरुमा शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, कैफुलवरा जोलाह, प्रमोदकुमार अग्रवाल, युवराज ढकाल, सुनिल भण्डारी, पदम श्रेष्ठ, अतुलकुमार गुप्ता र बलबहादुर विष्ट(बबी) तथा एशोसिएट सदस्यमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम अग्रवालको उम्मेदवारी घोषणा गरिएको छ । उम्मेदवार घोषणा कार्यक्रम प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजयकुमार थापाको अध्यक्षता एवम् नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
उम्मेदवार घोषणा कार्यक्रममा विभिन्न दलका नेता कार्यकर्ता, व्यापारी, संचारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here