९ असार, नेपालगन्ज । प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सीप विकास तालिम पाएका बर्दियाका किशोर किशोरी र युवा महिलाहरु राष्ट्रिय सीप परीक्षण बोर्डको सिप परिक्षण परिक्षामा सहभागि भएका छन् । क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत सुरक्षा गार्डको तालिम लिएका १६ जना युवा महिला राष्ट्रिय सीप परीक्षण बोर्डले शनिवार नेपालगन्जमा आयोजना गरेको लेभल १ को सीप परीक्षण परिक्षामा सहभागि भएका छन् । क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले राष्ट्रिय सीप परीक्षण बोर्डको प्रमाणपत्र प्राप्त गर्नका लागि उनिहरु सो परिक्षामा सहभागि भएको र परिक्षामा उत्तिर्ण हुनेहरुले प्रमाणपत्र पाउने बताउनुभयो । उहाँले सो प्रमाणपत्रको आधारमा उनिहरुलाई स्वदेश तथा विदेशमा रोजगारी गर्न सहज हुने बताउनुभयो । तीन दिनसम्म चल्ने सो सिप परिक्षण परिक्षामा ब्युटी पार्लर र टेलरिङको प्रशिक्षण लिनु भएका महिलाहरु पनि सहभागि हुनुहुनेछ । परियोजना संयोजक गोविन्द लामिछानेले आइतवार र सोमवार ब्युटी पार्लर र टेलरिङका प्रशिक्षार्थिहरुले परिक्षा दिनु हुने बताउनुभयो । उहाँका अनुसार प्रशिक्षार्थीहरूलाई परीक्षा पछि उनीहरूको सिपलाई प्रमाणित गरी प्रमाणपत्र प्रदान गरिनेछ र प्रमाणपत्रले उनीहरूको क्यारियर निर्माणमा योगदान गर्नेछ । बर्दियाका विभिन्न पालिकाका जोखिममा परेका १२० जना किशोरकिशोरी र युवा महिलालाई आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बनाउन रोजगारी सिर्जना गर्ने उद्देश्यले क्लबले जीवन सीप विकास तालिम प्रदान गरेको थियो । सो तालिमको जिम्मा राष्ट्रिय मानस विकास प्रशिक्षण संस्थानले लिएको थियो भने राष्ट्रिय सीप परीक्षण बोर्डको परीक्षा सञ्चालन गर्न पनि राष्ट्रिय मानस विकास प्रशिक्षण संस्थानले सहजिकरण गरेको बाँके युनेस्को क्लबले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here