३१ जेठ, नेपालगञ्ज । २०औं विश्व रक्तदाता दिवस ‘नियमित रगत तथा प्लाज्मा दान गरौ, जीवन बचाउने कार्यमा हातेमालो गरौ’ भन्ने मूल नाराका साथ बुधवार नेपालगंजमा मनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्तसंचार सेवा नेपालगञ्जको आयोजनामा २०औं विश्व रक्तदाता दिवस मनाइएको हो ।
रगत समूह पत्ता लगाउने डाक्टर कार्ल लेन्डिस्नरको जन्म दिनको अवसर पारेर विश्व भरी विश्व रक्तदाता दिवस मनाइदै आएको छ ।
प्रादेशिक रक्तसंचार सेवा नेपालगञ्जकी जनसम्पर्क÷प्रशासन अधिकृत सरिता सिंहद्वारा सञ्चालित नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य समितिका संयोजक राजकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले रगतको अभाव हुन नदिन स्वस्थ्य व्यक्ति एवं युवाहरुले निरन्तर रक्तदान गर्नका लागि आग्रह गरेका छन् । नेरेसो बाँके शाखाका उप–सभापति सुरेन्द्रनाथ सापकोटाले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरेका थिए । मानव अधिकार तथा शान्ति समाजकी केन्द्रीय सदस्य ज्योति वाल्मीकीले मन्तव्य व्यक्त गर्दै रक्तदान गर्न युवाहरुलाई उत्पेरित गरिरहेको बताइन् । यसरी बाँकेका अध्यक्ष प्रेम कुमार शर्मा, लायन्स क्लब पञ्चशीलकी अध्यक्ष कृष्णादेवी पाण्डेय लगायतले आ–आफ्ना बिचार राखेका थिए ।
प्रादेशिक रक्तसंचार सेवा नेपालगञ्जका वरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मीका अनुसार चालु आ.ब.को हाल सम्म ११,९९६ पिन्ट रगत संकलन वितरण भएको बताए ।
विश्व रक्तदाता दिवसका अवसरमा रक्तदान गर्ने निकायहरुमा मानव अधिकारी तथा शान्ति समाज, लाइन्स क्बल अफ पञ्चशील बाँके र नेपालगञ्ज हेल्थ क्याम्पसका बिद्यार्थीहरुले रक्तदान रक्तदान गरेका छन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका उप–सभापति सुश्री शान्ति श्रेष्ठ, मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेश श्रीवास्तव, उपनिर्देशक दोलख बहादुर डाँगी, निरञ्जना मल्ल, लेखा अधिकृत झविलाल शर्मा, प्रहलाद विशवकर्मा लगायत कर्मचारी र प्रादेशिक रक्तसंचार सेवा ब्यवस्थापन समितिका उप–संयोजक सरिता ज्ञवाली, सदस्यहरुमा ओम प्रकाश आजाद, सुनिल सिंह हमाल, पवन जायसवाल, रश्मी कुमारी श्रेष्ठ लगायत पदाधिकारी, मानव अधिकार तथा शान्ति समाज सभापति प्रेम कुमार शर्मा, सचिव घन श्याम कुमार बैश्य, नेपालगञ्ज टेक्निकल कलेजका अध्यक्ष किशोर पाण्डे, प्रकाश नेपाली, इच्छाराम यादव, प्रमोद कुमार लगायत सदस्य, संस्थागत रक्तदान गर्ने निकायका प्रतिनिधि र रक्तदाताहरुको सहभागिता रहेको थियो ।
‘सुरक्षित रगतले जीवन बचाउँछ, रक्तदान स्वस्थ्य विश्वको आहवान’ भन्ने मूल नाराका साथ हरेक वर्ष १४ जूनका दिन रगतको समूह पता लगाउने डाक्टर कार्ल लेन्डिस्नरको जन्म दिनको अवसर पारेर विश्व भरी विश्व रक्तदाता दिवस मनाइने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here