२३ जेठ, नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दिया गुलरियाका युवा महिलालाई स्वरोजगार बनाउने उदेश्यले सञ्चालन गरेको जिवन सीप विकास तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत बर्दियाको गुलरियाका युवा महिलाका लागि ३९० घण्टाको सो सीप विकास तालिम सञ्चालन गरिएको थियो । प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मीना पराजुलीले सो जीवन सीप तालिम पूरा गरेका ६६ जना युवा महिला प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले विपन्न तथा पछाडी परेका युवा महिलालाई समाजमा सम्मानजनक जीवन बिताउन आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बन्नका लागि रोजगारी सृजना गराउन यो तालिम प्रदान गरिएको बताउनुभयो । क्षेत्रीय प्रबन्धक पराजुलीले अब तालिम अनुसार स्वरोजगार बनेर सबैलाई अवसर पाएरमा हामीले जे पनि गर्न सक्छौ भन्ने सन्देश दिन युवा महिलासंग आग्रह गर्दै उनिहरुलाई प्रोत्साहित गर्नुभयो । बाँके युनेस्को क्लबका उपाध्यक्ष पञ्चम गुरुङले प्रमाणपत्र वितरण कार्यक्रमको अध्यक्षता गर्दै बर्दियाका विभिन्न पालिकामा सञ्चालनमा रहेको पर्ल परियोजनाबाट ठुलो संख्यामा युवा महिला स्वरोजगार बनेको र उनिहरुको आर्थिक अवस्थामा समेत सुधार आएको बताउनुभयो । सीप विकास तालिमका प्रशिक्षार्थिलाई प्रमाणपत्र वितरण कार्यक्रममा क्लबका अध्यक्ष रविकुमार तुलाधर, प्रमुख संरक्षक परवेज अली सिद्दिकी, महासचिव बुधेश जैसवाल, प्लान नेपालका परियोजना संयोजक गोमा ओली लगायतको पनि उपस्थिति रहेको थियो । बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकीले पर्ल परियोजनाले सयौंको घर परिवारको आर्थिक अवस्था बलियो बनाउन अहम भूमिका निर्वाह गरिरहेकोले यस्ता उदाहरणीय कार्यक्रम थप अन्य विपन्न र गरिब युवा महिलाका लागि पनि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here