१६ जेठ, नेपालगञ्ज । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी सम्मानित भएका छन् ।
महिला र कानून विकास मञ्चले आफ्नो २८औं वार्षिकउत्सवको अवसरमा देशभरबाट तिवारीलाई सम्मान गरेको हो ।
तिवारीले नेपालगञ्जमा विशेष गरि सूचनाको हक, नागरिकको अधिकार, नागरिकता लगायतका क्षेत्रमा उत्कृष्ट कार्य गरेको मूल्यांकन गरि सम्मान गरिएको हो ।
सोमबार काठमाण्डौमा आयोजित एक समारोहमा मञ्चका अध्यक्ष वरिष्ठ अधिबक्ता गिता आर्याल र निवर्तमान अध्यक्ष वरिष्ठ अधिबक्ता मिराकुमारी ढुङ्गानाले संयुक्त रुपमा तिवारीलाई सम्मान गरेका हुन् ।
नागरिकता र कानूनको क्षेत्रमा सक्रिय संस्था महिला, कानून र विकास मंचले विशेष गरि अधिकारका क्षेत्रमा काम गर्दै आएको छ ।
तिवारी नेपालगञ्जमा आमाको नामबाट नागरिकता, जन्मदर्ता लगायतका लागि पैरवी गरि उच्च अदालतमा जनयाचिका मुद्दामार्फत सरोकारवाला निकायलाई कार्यान्वयनमा दबाबका लागि पहल गर्दै आएका छन् ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले सूचनाको हक, सुशासन, नागरिक अधिकार र कानून र नागरिक समाजको अभियानलाई अगाडि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here