१६ जेठ, देउखुरी दाङ । १६औ गणतन्त्र दिवसको अवसरमा सिसहनियामा आयोजित ब्याडमिन्टन प्रतियोगितामा शुभदर्पण क्लवका दिपक पाण्डे र युवराज ज्ञवालीको टिमले प्रथम स्थान प्राप्त गरेको छ ।
युग सिसहनियाको आयोजना र मुक्तिनाथ विकास बैकको प्रायोजन रहेको ब्याडमिन्टन प्रतियोगितामा शुभदर्पण ब्याडमिन्टन क्लवका दिपक पाण्डे र युवराज ज्ञवालीको टिममले गणतन्त्र दिवशको अवसरमा आयोजित प्रतियागिताको प्रथम स्थान प्राप्त गरेको हो ।
‘लागुपदार्थ त्यागौ खेलकुदमा लागौं, स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकूद’ भन्ने मुल नाराका साथ गणतन्त्र दिवसको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको थियो ।
मुक्तिनाथ विकास बैकले स्थानिय खेलाडिहरुको खेल प्रतिको सक्रियतालाई बढावा दिन र सामाजिक उत्तरदायित्वको आधारमा प्रतियोगिता सञ्चालनमा सहयोग गरिएको प्रतियोगितामा भागवत ज्ञवालीको टिम द्वितिय र तिर्थराज ज्ञवाली र सुनिल चौधरीको टिमले तृतिय स्थान प्राप्त गरेको छ ।
शुभ दर्पण एकेडेमीको खेल मैदानमा सञ्चालन गरिएकोे ब्याड मिन्टन प्रतियोगिताका विजयीहरुलाई नगद, शिल्ड, प्रमाणपत्र तथा डूेश सेटको पुरस्कार प्रदान गरिएकोछ ।
सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकीको प्रमुख आथित्यता भएको प्रचियोगितामा प्रतियोगिता युग सिसहनियाका अध्यक्ष किशोर कुमार शर्मा रेग्मीको अध्यक्षता आयोजत भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here