६ जेठ, नेपालगञ्ज । तराई कुम्हार समाज नेपाल बाँके शाखाको प्रथम अधिवेशनबाट रमेश चन्द्र कुमालको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ ।
शनिवार नेपालगञ्जमा आयोजना गरिएको अधिवेशनबाट रमेश चन्द्र कुमाललाई तराई कुम्हार समाज नेपाल बाँके शाखाको अध्यक्षमा चयन गरिएको हो ।
यस्तै समाजको उपाध्यक्षमा दौलतराम प्रजापति तथा किरण देवी कुमाललाई चयन गरिएको छ ।
यसैगरि सचिवमा संजय कुम्हार, सहसचिवमा सुशील कुम्हार र कोषाध्यक्षमा ध्रुव कुमार कुम्हारलाई चयन गरिएको छ ।
समाजको सदस्यहरुमा क्रमशः सरस्वती कुम्हार, लाजवन्ती कुम्हार, ओमकार प्रजापति कुम्हार, राम प्रवेश कुम्हार र मोहित कुम्हारलाई चयन गरिएको छ ।
बाँके जिल्लाभरका कुम्हार समुदायका व्यक्तिहरुको उपस्थितिमा कार्य समिति चयन गरिएको हो ।
बाँके जिल्लाभरिका कुम्हार समुदायको हक हित, विकास र उत्थानका लागि आफू तन, मन र धनले लागी पर्ने अध्यक्ष रमेश चन्द्र कुमालले प्रतिबद्धता व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here