३ जेठ, नेपालगंज । बाँकेको जानकी गाउँपालिका वडा नं. २ मा रहेको श्री माध्यमिक विद्यालय जोगागाउँमा मंगलबार राती चोरी भएको छ ।
विद्यालयका प्रधानाध्यापक मो. आलमीन राईले रातीको समयमा विद्यालयबाट विभिन्न सामान चोरी भएको बताएका छन् ।
विद्यालयमा भवन निर्माण कार्य भइरहेकोले पर्खाल नभएको अवस्थामा पानी तान्ने मोटर सहित निर्माणका विभिन्न सामानहरु चोरी भएको प्रधानाध्यापक राईले बताए ।
उनका अनुसार पानी तान्ने मोटर २ थान, छत पंखा २ थान , पाइप , रिङ सरिया करिब २ कुन्टल लगायतको सामान चोरी भएको छ ।
सामान चोरी भएपछी आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा जानकारी गराएको उनले बताएका छन् ।
विद्यालयको विकासका लागी विद्यालय प्रशासन जुटिरहेको समयमा सामान चोरी हुँदा ठुलो क्षति भएको तथा यसको पूर्ति कसरी गर्ने भन्ने कुरा चिन्ताको विषय भएको प्रधानाध्यापक राईले दुखेसो पोखे । चोरको पहिचानका लागि समुदाय र विद्यालय परिवारले पनि आफनो तर्फबाट विशेष पहल गरिरहेको प्रअ राईले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here