३ जेठ, नेपालगञ्ज । बाँके डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद गुरुङलाई पितृशोक परेको छ ।
गुरुङका बुवा डोटी दिपायल सिलगढी नगरपालिका वार्ड नं. ६ निवासी ८६ वर्षिय गणेशबहादुर गुरुङको गत बैशाख २७ गते बुधबार राती १२ बजे असामयिक निधन भएको हो ।
शिक्षक सेवाबाट निवृत गुरुङका बुवाले धार्मिक तथा योगध्यानमा रुचि राख्दै सामाजिक क्षेत्रमा प्रतिष्ठित व्यक्तिको रुपमा परिचित थिए । प्रमुख प्रशासकिय अधिकृत गुरुङका बुवाको निधनप्रति डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले हार्दिक समवेदना व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here