२७ वैशाख, नेपालगञ्ज । बाँके प्रहरीले अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।
नेपालगञ्जको किङग्स क्लबबाट अटोमेटिक पेस्तोल र गोली राउण्ड–१ सहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी बाँकेको टोलीले मंगलवार राती साढे ११ बजे नेपालगञ्जको वडा नं. १२ स्थित सुर्खेतरोडमा रहेको किङग्स क्लबमा पेस्तोलसहित आएर झगडा गर्दै गरेको अवस्थामा तीन जनालाई पेस्तोलसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका–८ का २८ वर्षीय सुमन रिजाल, गेरुवा गाउँपालिका–५ का ३२ वर्षीय सागर शाह र कोहलपुर–९ का २९ वर्षीय धर्म पुन मगर रहेका छन् ।
झगडा गरिरहेको अवस्थामा पक्राउ परेकाहरुसँग सोधपुछ गर्दा उनीहरुको मध्ये सुमनले प्रहरी आएको थाहा पाई क्लबको बाथरुममा लुकाएको म्यग्जिनमा लोड गरिएको एक राउन्ड गोली सहितको अमेरिकन पेस्तोल प्रहरीले बरामद गरेको जानकारी गराएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले उनीहरु सवार बा ११ च ८०० नम्बरको कार खानतलासी गर्दा १७.५ ईन्च लामो खुकुरी समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here