१९ वैशाख, नेपालगञ्ज । नेपालगञ्जको जमुनाहा नाका ४८ घण्टाका लागि बन्द हुने भएको छ ।
भारतको सीमावर्ती जिल्लामा हुन लागेको स्थानीय निर्वाचनका कारण बाँके नेपालगञ्जको जमुनाहा नाका ४८ घण्टाका लागि बन्द हुने भएको हो ।
उत्तर प्रदेशको श्रावस्ती र बहराइच जिल्लामा २१ गते हुन थालेको नगर निकाय निर्वाचनका कारण आज १९ गते साँझ ६ बजेदेखि २१ गते साँझ ६ बजेसम्म नेपालगञ्ज नाका सिल हुने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले सूचना मार्फत जानकारी गराएका छन् ।
यस दौरान हरियो तरकारी, माछा, दूध, पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शव वाहन बाहेक अन्य आवतजावत बन्द गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here