११ वैशाख, नेपालगञ्ज । नव वर्ष २०८० र ईदको अवसरमा नेपालगञ्जमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य मैकुलाल वाल्मिकीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि नेताहरुले कांग्रेसले जनताको भावनालाई बुझदैं देश विकासमा लाग्नु पर्नेमा जोड दिएका छन् ।
देश आर्थिक संकटसँग जुधिरहेका बेला यसलाई निकास दिने योजना कांग्रेसका हरेक तहका नेताहरुले बनाएर कार्यान्वयन गर्नु पर्नेमा नेताहरुले जोड दिए ।
केन्द्रिय सदस्य वाल्मिकीले पार्टी संगठनलाई कमजोर बनाउने गतिविधिहरुको अन्त्य गर्दै जनताका आम समस्याहरुलाई नेताहरुले बुझने प्रयास गर्नुपर्ने बताए । कार्यक्रममा उपस्थित भएका नेता तथा कार्यकर्ताहरुलाई नयाँ वर्ष र ईदको शुभकामना दिने क्रममा वाल्मिकीले पार्टीका केहि नेताले जिल्लामा संगठनलाई धरापमा पार्ने किसिमका गतिविधिहरु गरिरहेकोले त्यसलाई सच्याउन जरुरी बताए ।
पुर्व पार्टी सभापति एवम् पुर्व मन्त्री गजेन्द्र हमालले नेताहरुले आफनो आचरण र व्यवहारमा सुधार ल्याउनु पर्नेमा जोड दिए । संविधान सभा सदस्य भोला सिद्धिकीले अहिलेको सरकारले मुस्लिमको महान पर्व ईदको विदा कटौती गरेको प्रति आपत्ती जनाउँदै त्यसलाई सच्चाउन नेपाल सरकारसँग माग गरे ।
राष्ट्रिय सभा सदस्य एवम् बाँके पूर्व पार्टी सभापति युवराज शर्माले कांग्रेसका आम कार्यकर्ताहरुमा पछिल्लो समय निरास हुने अवस्था आएको भन्दैं यसबाट आत्तिनु पर्ने आवश्यकता नरहेको बताए । कांग्रेसले आफनो सिद्धान्तलाई आत्मसाथ गर्दै लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउँदैं देशलाई समस्याबाट निकास दिने काम गर्नुपर्ने शर्माले धारणा राखे ।
नेपाली कांग्रेस बाँके सभापति नारायण गौडेलले आफु सामान्य परिवारबाट आएको व्यक्ति भएकोले सबै नेता र कार्यकर्ताको भावनालाई बुझदै जिल्लालाई सक्रिय बनाउने योजनाका साथ अगाडी बढेको बताए । अवको तिन वर्षमा बाँके कार्यसमितिले वडा स्तरमा गएर प्रशिक्षण कार्यक्रम गर्दै आम कार्यकर्ताको मनोबल बढाउने प्रयास गर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस बाँके निर्वतमान सभापति किरण कोइराला, लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, पुर्व सभापति कृष्णमान श्रेष्ठ, पुर्व सभापति एव्म प्राज्ञ सनत रेग्मी, जिल्ला सचिव सुंधासु कोइराला, बाँके क्षेत्र नम्बर २ सभापति रमेश गुप्ता, महासमिति सदस्य लक्ष्मीनारायण शाह लगायत नेताले आफनो शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here