७ वैशाख, नेपालगञ्ज । बाँके प्रहरीले ४ किलो ९२७.२१८ ग्राम सुनका गहना सहित २ जनालाई पक्राउ गरेको छ ।
बाँके प्रहरीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि सुनका गहनासहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका वडा नं.९ बस्ने वर्ष ४२ को रमेश सोनी र सोही ठाउँ बस्ने वर्ष ३६ को प्रकाश ठाकुर रहेका छन् ।
बुधवार राती ८ः४५ बजेको समयमा नेपालगञ्ज न्युरोडस्थित न्यू ईन्द्रेणी होटलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अवैध सुनको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
शंकास्पद रुपमा रहेका ती दुई जनालाई चेकजाँच गर्दा उनीहरुले बोकेको झोलाभित्र रहेको जम्मा ४ किलो ९२७.२१८ ग्राम तौल भएको सुनको सिक्री, चुरा, झुम्का, हार, ब्रास्लेट, मंगलसूत्र, बाला, ढुङ्ग्री, औँठी लगायतका सुनका विभिन्न गरगहनाहरु सहित प्रहरीको टोलीले पक्राउ गरेको हो ।
बरामद गरिएको सुनको जम्मा मूल्य ४ करोड ६९ लाख ५ हजार ७ सय ६३ रहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here