२२ चैत्र, नेपालगञ्ज । नेपालगञ्ज फोटो फेस्टिवल अन्तर्गत आयोजित फोटो प्रतिस्पर्धामा पठाइएका फोटोहरुको छनोट कार्य अन्तिम चरणमा पुगेको छ ।
‘केहि दिनमा उत्कृष्ट फोटोहरु घोषणा गछौं’– निर्णायक समितिका संयोजक विकास कार्कीले भने,‘नेपालगञ्ज फोटो फेस्टिवलमा यसपटक धेरै उत्कृष्ट फोटोहरु आएका छन् ।’
लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका फोटो मात्रै प्रतिस्पर्धामा लिने गरेको नेपालगञ्ज फोटो फेस्टिवलले यस वर्ष देशैभरबाट फोटो आह्वान गरेको हो ।
देशभरका १ सय ५१ उत्कृष्ट फोटोहरुको प्रदर्शनी भने आगामी बैशाख ८ र ९ गते नेपालगञ्जमा हुने भएको छ । यस अघि चैत २१ र २२ गते प्रदर्शनी गर्ने भनिएकोमा एसइई परिक्षाका कारण बैशाखमा सारिएको हो ।
यसैगरी बाँके जिल्लाका ८ वटै पालिकाका धार्मिक पर्यटकीय स्थल, भेषभुषा, कला संस्कृति, मौलिक परिकार, जीवनशैली झल्किने ‘१ से १ तस्विरमा बाँके’ फोटो प्रदर्शनीका लागि आएका फोटोहरुको पनि छनोेट भइरहेको छ । यसमा १ सय १ फोटो छनोट गरेर प्रदर्शनीमा राखिनेछ ।
अन्तराल र नेपालगञ्ज ग्यालेरीको सहकार्यमा गरिने उक्त प्रदर्शनीका लागि युवा पुस्ताहरुले व्यापक सहभागिता जनाएको ग्यालरीका संस्थापक समीरमान श्रेष्ठले बताए ।
फेस्टिवलकै अवसर पारेर गरिने ‘उहिलेको नेपाल’ फोटो प्रदर्शनीमा वर्षौ अगाडी खिचिएका फोटोहरु समावेश हुनेछन् । सुनील उलकले संकलन गरेको र किरणमान चित्रकारले उपलब्ध गराएका तस्वीहरु उक्त प्रदर्शनीमा राखिनेछ ।
यसैगरी सोही अवसरमा नेपाल फोटोग्राफी समिट आयोजना हुनेछ । जसमा सबै पुस्ताका नेपाली फोटो पत्रकारहरु र हरेक विधाका फोटोग्राफरहरु सहभागि हुनेछन् । देशैभरबाट १ सय १ जना को सहभागिता रहनेछ ।
फेस्टिवलकै अवसरमा ३ दिने फोटो पत्रकारिता तालिम आयोजना हुनेछ, जसमा ५० जना सहभागि हुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here