बुटवल २०७७ वैशाख १९ गते / मनाेज कुमार कौशल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको मुख्यमन्त्री पदको राजीनामा स्वीकृत भएको छ । माननीय प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष लुम्विनी प्रदेशका माननीय मुख्यमन्त्री शंकर पोखरेलले नेपालको संविधानको धारा १६ ९ ( १ ) ( क ) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजिनामा बैशाख १९ गतेका दिन माननीय प्रदेश प्रमुखले एक विज्ञप्ति जारी गरी स्वीकृत भएको जनाएको हो । साथै माननीय प्रदेश प्रमुखज्यूले संविधान बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार संचालन गर्न तोक्नुभएको व्यहोरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here