१६ चैत्र, नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले नेपालगञ्जमा १४औं जिल्ला अधिवेशन पश्चात प्रथम जिल्ला सम्मेलन गर्ने भएको छ ।
२०७९ चैत १८ गते शनिवारका दिन सुर्खेतरोडस्थित सिद्धार्थ कटेजमा बिहान १०.०० बजे सुरु हुने उक्त सम्मेलनमा १ हजार ६ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सम्मेलनको उद्घाटन गर्ने तय भएको छ ।
सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
सम्मेलनमा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवदेन, बार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतिकरणसंगै प्रजातन्त्र सेनानीहरु, पूर्व पार्टी सभापतिहरु, उत्कृष्ट वडा सभापतिहरु, महिला वडा सभापतिहरु, सहिद परिवार तथा जनआन्दोलन र द्वन्दका घाइतेहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेलले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here