२ चैत्र, नेपालगञ्ज । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रनि इन्द्रजित सुनारले सबैसँग हातेमालो गरि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधवार वडा प्रहरी कार्यालय नेपालगञ्जमा आयोजित पत्रकारहरुसँग परिचयात्मक कार्यक्रमको दौरान प्रहरी निरीक्षक सुनारले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
हालै वडा प्रहरी कार्यालय नेपालगञ्जको प्रमुखको रुपमा सरुवा भई आएका परिचयात्मक कार्यक्रममा उनले उपस्थित पत्रकारहरुसँग सल्लाह सुझाव आदान प्रदान गरेका थिए ।
सो अवसरमा पत्रकारहरुले नगरको शान्ति सुरक्षा, तस्करी, ट्राफिक जाम, ध्वनि प्रदूषण लगायतका विषयमा विशेष ध्यान दिएर अघि बढ्न प्रहरी निरीक्षक सुनारलाई आफ्नो सुझाव पेश गरेका थिए ।
उनी यसअघि ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत थिए ।
परिचयात्मक कार्यक्रमको दौरान प्रहरी निरीक्षक सुनारले आफ्नो जन्मथलो पश्चिम रुकुमको चौरजहारी भएको र उच्च शिक्षा नेपालगञ्जबाट प्राप्त गरेको जानकारी गराएका थिए ।
यसअघि वडा प्रहरी कार्यालय नेपालगञ्जमा रिपेन्द्र बाबु सिंह प्रमुखको रुपमा कार्यरत थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here