२० फागुन, नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई सम्झँदै बागेश्वरी मन्दिरमा सरसफाई गरेको छ । पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय भट्टराईको १२औं स्मृति दिवसमा शनिवार विहान बागेश्वरी मन्दिर परिसरमा सरसफाई गरिएको हो ।
विभिन्न दिवस र कार्यक्रमहरुमा पार्टीलाई सामाजिक र सिर्जनात्मक क्षेत्रमा अग्रसर बनाउने नीति अनुरुप स्वर्गीय भट्टराईको स्मृति दिवसमा पनि सरसफाई कार्यक्रम गरिएको सचिव सुधांशु कोइरालाले बताए । सरसफाई पश्चात स्वर्गीय भट्टराईलाई सम्झँदै एक मिनेट मौनधारण गरिएको थियो ।
त्यसक्रममा बोल्दै पार्टी सभापति नारायणप्रसाद गौडेलले सादा जीवन र उच्च विचारका प्रतिमूर्ति भट्टराई नेपाली राजनीतिका एक आदर्श राजनीतिज्ञ भएको बताए । पूर्व सभापति भट्टराईले देखाएको बाटोमा हिंड्न सक्नु नै उनीप्रति नेता कार्यकर्ताको सच्चा श्रद्धाञ्जली हुने गौडेलको भनाई छ । भट्टराईले आफू हारेर पनि पार्टीलाई जिताएको स्मरण गर्दै गौडेलले दुई पटक प्रधानमन्त्री हुँदा पनि बालुवाटारबाट निस्कँदा एउटा सुरई र छाता मात्र लिएको भन्दै त्यस्तो नेताको अहिले आवश्यकता रहेको बताए । गौडेलले सादगी नेता भट्टराईको योगदानको आलोकमा कांग्रेस अगाडि बढ्नपर्नेमा जोड दिए ।
बसभापति गौडेलको नेतृत्वमा भएको सरसफाई कार्यक्रममा पूर्व मन्त्री एवम् पूर्व पार्टी सभापति गजेन्द्रबहादुर हमाल, निवर्तमान पार्टी सभापति किरण कोइराला, लुम्बिनी प्रदेशसदस्यहरु प्रमेश्वरी पाठक, कृष्णाकुमारी सापकोटा, दिक्षा कोइराला, जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, सचिव कोइराला, सहसचिवद्व रेणुसिंह ठाकुर र विनोकुमार थारु, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत लगायत नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here