नेपालगञ्ज, फागुन १० । बाँके युनेस्को क्लबले शिक्षा शाखा बाँसगढीसँगको समन्वयमा त्यस नगरपालिकामा रहेका सबै माध्यामिक बिद्यालयहरुका शिक्षकहरुसँग बालबिवाह, यसका कानुनी ब्यबस्थाहरु र बिद्यालयहरुमा अतिरिक्त क्रियाकपालहरुको सुनिश्चितता सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम संपन्न गरेको छ । उक्त अभिमुखिकरण प्लान ईन्टरनेशनल नेपालसँगको साझदारीमा बाँके युनेस्को क्लबद्धार बर्दिया जिल्लामा संचालन गरेको बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत संचालन गरिएको थियो । बिद्यालयहरुका शिक्षकहरुमा बालबिवाह, यसका कानुनी प्राबधान, यसका असरहरु, यसको न्युनिकरणमा बिद्यालयको भुमिका बिषयमा क्षमता अभिबृद्धी गरी उनीहरुमार्फत बिद्यालयमा बालबिवाह बिरुद्ध ब्यापक सचेतना अभिबृद्धि गरी बालबिवाह न्युनिकरणमा टेवा पुरयाउने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । त्यसै गरी बिद्यालयको बार्षिक कार्ययोजनामा अतिरिक्त क्रियाकपालाई सुनिश्चित गरी अतिरिक्त क्रियाकलापमा बालबिवाह बिरुद्धको बिषय समाबेश गरी कार्यन्वयन गराउँने यो कार्यक्रमको अर्को उध्येश्य रहेको उहाँले बताउनुभयो । बाँसगढी नगरपालिकाका उपप्रमुख ईन्दिरा चौधरीको बिशेष उपस्थितीमा उक्तअभिमुखिकरण संचालन गरिएको थियो, भने अभिमुखिकरणको सहजीकरण बाँसगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख छत्र बहादुर शाही र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले गर्नु भएको थियो । कार्यक्रममा पालिकास्तरीय मस्यौंदा अतिरिक्त क्रियाकलाप संचालन तथा ब्यबस्थापन कार्यविधी २०७९ मा ब्यापक छलफल गरिएको क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो । बाँसगढी नगरपालिकाका उपप्रमुख ईन्दिरा चौधरी र शिक्षा शाखा प्रमुख छत्र बहादुर शाहीले सो कार्यबबिधीमा बिद्यालयबाट आएका सुझावहरुलाई समाबेश गरी बाँसगढी नगरपालिकाबाट पास गरी कार्यन्वयन गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । त्यसै गरी बिद्यालयहरुबाट सहभागीको रुपमा आउनु भएका शिक्षक, शिक्षिकाहरुले आफ्नो बिद्यालयमा बालबिवाहसम्बन्धी सेसनहरु संचालन गर्ने, बिद्यालयमा बालबिवाह बिरुद्ध जनचेतना अभिबृद्धि गर्न भित्ते पत्रिका अबिलम्ब प्रकाशन गर्ने र बालबिवाह बिरुद्ध बिद्यालयको फेसबुक पेज खोली बालबिवाह बिरुद्ध ब्यापक जनचेतना अभिबृद्धि गर्ने र अतिरिक्त क्रियाकलापलाई बिद्यालयमा अनिबार्य र नियमित संचालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको कार्यक्रम संयोजक नेपालीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here