७ फागुन, नेपालगञ्ज । विभिन्न कार्यक्रमको आयोजन गरि आज ७३औं प्रजातन्त्र दिवस हर्षाेल्लासपूर्वक मनाइँदै छ ।
एकतन्त्रीय जहाँनिया राणा शासनको अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झना मनाइने प्रजातन्त्र दिवस विविध कार्यक्रमको आयोजना गरि आज देशभर मनाउन लागिएको छ ।
२००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस विगत दशकौैंदेखि मनाइँदै आइएको छ ।
फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो ।
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले सबै नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here