२९ माघ, नेपालगञ्ज । अवैध भन्सार छलिको सामान प्रहरीले बरामद गरेको छ ।
नेपालगञ्ज उप–महानगरपालिका वडा नं.२ पुष्पलाल चोकस्थित होटल ग्रिन प्यालेसको कोठा नं.२०२ मा जिल्ला जुम्ला हिमा गाउँपालिका वडा नं.४ बस्ने मान बहादुर बुढाले भाडामा लिई बसेको कोठाबाट भन्सार छलिको सामान बरामद गरिएको हो ।
भारतबाट अबैध रुपमा भन्सार छलि गरी मालसामानहरु ल्याएको भन्ने सुचनाका आधारमा तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएका प्र.नि.नवचन्द्र मल्ल र वडा प्रहरी कार्यालय नेपालगञ्ज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त सामानहरु बरामद गरेको हो ।
बरामद गरिएका सामानहरुमा कुर्ता सुरुवाल (सुट) थान ६४, सेतो कश्मिना सल थान १०, ठुलो उनी बुट्टेदार सल थान ३०, सानो उनी बुट्टेदार सल थान २७, सेतो काँचो कपडा बण्डल थान ५ (१७९ मिटर), उलन कोट पाईन्टको काँचो कपडा बण्डल थान ७ (१०२ मिटर), उलन काँचो कपडा बण्डल थान १५ (२७७ मिटर), लामो उलनको काँचो कपडा बण्डल थान १ (४ मिटर), उलन सर्टको काँचो कपडा सानो रोल थान १ (२० मिटर), कटन पाईन्टको काँचो कपडा रोल थान १ (१२ मिटर, सेतो खैरो कोट पाईन्टको काँचो कपडा बण्डल थान १ (६ मिटर), निलो कोट थान १, रातो लेडिज स्विटर थान १, सानो लेडिज हेण्ड ब्याग थान १, ठुलो प्याक भएको बटन (टाँक)डिब्बा थान २, सानो प्याक भएको बटन (टाँक) डिब्बा थान १०, खुल्ला भएको बटन (टाँक) पोका थान १ रहेका छन् ।
उक्त सामानहरुको अन्दाजी बजार मूल्य रु. ४ लाख ६७ हजार ८ सय रहेको बताइएको छ ।
बरामद गरिएका भन्सार छलिका सामानहरु वडा प्रहरी कार्यालय नेपालगञ्जमा ल्याइ आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here