२७ माघ, नेपालगञ्ज । ज्योति स्पोर्टस एकेडेमी(ए) र भेरी रकर्सको पुरुषको टिमले शुक्रबार नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन् ।
मंगल प्रसाद उच्च माविको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा ज्योति स्पोर्टसले फाल्कोन स्पोर्टस क्लबलाई सहजै १० विकेटले हरायो । अर्को खेलमा भेरी रकर्सले चन्द्रमेवालाल स्कुललाई ७विकेट पराजित गरेको छ ।
ज्योति विरुद्धको खेलमा टस जितेर ब्याटिङ गरेको फाल्कोन खराब सुरुआत गरेको थियो । फाल्कोनले १२.१ ओभरमा ३० रन जोड्दा अलआउट हुनपुगेको थियो । फाल्कोनका शारुख खानले ११ रन बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् ।
ज्योतिका सिद्धान्त राजशाहीले सर्वाधिक ३ विकेट लिए । प्लेयर अफ द म्याच घोषित सिद्धान्तले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिन सफलभएकाथिए । सुनिल सुनार र रबिस बर्माले २–२ विकेट लिए । प्लेयर अफ द म्याच सिद्धान्तलाई लुम्बिनीप्रदेश सभा सदस्यमायापुनले पुरस्कृत गरिन् ।
३१ रनको झिनो विजय लक्ष्य पाएको ज्योतिले २.५ ओभरमाबिनाविकेटको नोक्सानीमाजितहासिल गरेको थियो । टोलीकालागिअविजित रहँदै प्रनिलथापा मगरले २९ रन र क्षितिजथापा मगरले ३ रन बनाए ।
यसैगरी अर्को खेलमा टस जितेर ब्याटिङ गरेको चन्द्रमेवालाल स्कुल १९.२ ओभरमा ८७ रन बनाएर अलआउट भएको थियो । चन्द्रमेवालालकालागिअमिर सिंहले १७ रन, शाहरुख रजा राईले १७ रन र ओपनर बिपिन साहुले १२ रनको योगदान गरे ।
वलिङ तर्फ भेरी रकर्सका साहिद अन्सारी र रकिन राना मगरले २–२ विकेट लिए । जवाफमा भेरी रकर्सले १० ओभरमा ३ विकेटको नोक्सानीमाजितहासिल गरेको थियो । रकर्सकालागि सोम शर्माले अविजित २१ रन, संगम कँडेलले अविजित १७ रन र ओपनर समसुद्धिन अन्सारीले १२ रनको योगदान गरे । चन्द्रमेवालालका वलर अलिफ राजा राईले ३ विकेट लिए । खेलमा भेरी रकर्सका साहिद अन्सारी प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । अन्सारीलाई लुम्बिनीप्रदेश सभा सदस्यमीनाबोहरा सिद्धिकीले पुरस्कार प्रदानगरिन् ।
बाँके जिल्लाक्रिकेट संघले आयोजना र नेपालगन्जउप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँप्राप्तगर्नेछ । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामापुरुष र महिलातर्फको प्लेयर अफसिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफम्याचबन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।
प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here