२५ माघ, नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज बुधबार गायक शिव परियार सहितका चर्चित कलाकार आउने भएका छन् ।
नेपालगञ्जको कारकाँदोस्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज बुधबार राष्ट्रिय ख्याती प्राप्त गायक शिव परियार र गायिका जानकी तारामी आउने भएका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए । स्थानिय गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ ।
संयोजक कंडेलका अनुसार बुधबार उद्घोषक सञ्जय देवकोटा र उद्घोषिका प्रेरणा गिरीले कार्यक्रम संचालन गर्ने कार्यक्रम तय भएको महोत्सव परिसर स्थित सचिवालयले जनाएको छ ।
यस्तै, दर्शकको थप मनोरञ्जन र स्थानिय कलाकारको उत्पादन गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता भईरहेको छ । महोत्सवमा एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रह्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here