१४ माघ, नेपालगञ्ज । नेपालगञ्जमा जारी महोत्सवमा आज शनिवार डान्सर रुबिना अधिकारी, गायक चक्र बम, गायिका टिका सानु आउने कार्यक्रम तय भएको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए । स्थानिय कलाकार गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा माघ २४ गते सम्म कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव संचालन रहने महोत्सवमा आज शनिवारदेखि कुस्ती प्रतियोगिता शुरु हुनेछ ।
महोत्सबमा मुख्य आकर्षणमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता आजदेखि संचालन हुन लागेको हो । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने संयोजक कंडेल बताए ।
यस्तै महोत्सवमा शुक्रबार बिभिन्न राष्ट्रिय कलाकारहरुले धमदार प्रस्तुतिका साथ माहोल तताएका छन् ।
नेपालगञ्जको कारकाँदो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको चौथो दिन शुक्रवार राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित कलाकार गायक भुवन खड्का, गायिका सिर्जना खत्री र गायक बसन्त लम्सालले धमदार प्रस्तुतिका साथ माहोल तताएका हुन् ।
गायिका एवं उद्घोषिका शोभा त्रिपाठी र प्रेरणा गिरीले संचालन गरेको कार्यक्रममा शुक्रवार काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि आत्मदाहको प्रयासपछि मृत्यु भएका प्रेम प्रसाद आचार्यको सम्झनामा एक मिनेट मौनधारण गर्दै उनलाई सहिद घोषणा गर्ने सरकार समक्ष नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले जोडदार माग गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here