मनोज कौशल

काठमाडौं / नेपाल पत्रकार महासंघ प्रदेश समितिका लागि हिजो उम्मेदवारी दर्ताको समय तोकिएको थियो भने जिल्ला शाखाका लागि आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

महासंघको निर्वाचन नजिकिएसँगै तिनै तहमा नेतृत्वको दावी गरिरहेका पत्रकार नेताहरु यतिबेला तीब्र दौडधूपमा छन् । पत्रकार सम्बद्ध विभिन्न संघ संगठनहरु दुई ध्रुवमा विभाजित भएर आ–आफ्नो वर्चश्व स्थापित गर्ने कसरत गर्न व्यस्त छन् । आगामी २५ गते हुने निर्वाचनका लागि प्रेस युनियन र प्रेस सेन्टर लगायत विभिन्न संघ÷संस्थाबीच चुनावी तालमेलको सहमति भएको छ भने सत्तारुढ दल नेकपा एमाले निकटको प्रेस चौतारीले अर्को ध्रुवको नेतृत्व गर्दैछ । कुन पक्ष बलियो हुने भन्ने कुरा अहिलेसम्म पनि यकिन गर्न नसक्ने अवस्था
रहेको पर्यवेक्षकहरुको टिप्पणी रहेको छ ।

पत्रकार महासंघको इतिहासमा पहिलो पटक मुलुक भरकै पत्रकारहरुको मतदानबाट केन्द्रीय नेतृत्व चयन हुँदैछ । त्यसकारण पनि विगतमा जस्तो महासंघमा यही समूहको पल्लाभारी हुन्छ भन्ने यकिन गर्न सक्ने अवस्था नरहेको पर्यवेक्षकहरुको धारणा छ । विगतमा जिल्ला शाखा, एशोसिएट शाखाबाट चुनिएर आएका पार्षदहरुले केन्द्रीय नेतृत्वका लागि मतदान गर्ने प्रचलन रहेको थियो । तर, यसपटक नयाँ विधिबाट चुनाव हुने भएका कारण पनि महासंघमा को हावी होला भन्ने आम पत्रकारहरुमा कौतुहलता रहेको छ । हालसम्मको चर्चामा रहे अनुसार केन्द्रीय सभापतिका लागि यसपटक चारजनाले उम्मेदवारी दिएपनि निर्वाचनमा मुख्य प्रतिस्पर्धा भने प्रेस चौतारी समूहकी निर्मला शर्मा र प्रेस युनियन समूहका विपलु पोखरेलबीच हुने ठानिएको छ ।

केन्द्रीय समितिमा भिडन्त गरेका अनुहारहरु

अध्यक्ष, १. गजेन्द्रसिंह बुढाथोकी, २. निर्मला शर्मा, ३. रामप्रसाद दाहाल, ४. विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष १. माधव नेपाल, २. रमेश विष्ट, ३. रामजी दाहाल, उपाध्यक्ष (महिला) १. दाना के.सी.(सुबेदी) २. बाला अधिकारी, उपाध्यक्ष (समावेशी) १. अवधेश झा, २. उदय जीएम, ३. मोहन कुमार सिंह, महासचिवः १. बालकृष्ण बस्नेत, २. रोसन पुरी, ३. सुबोध गौतम, सचिव (खुल्ला)ः १. गोविन्दप्रसाद चौलागाँई, २. जन्मदेव जैसीं, ३. यमप्रसाद शर्मा (यम विरही), ४. रामकृष्ण ज्ञवाली, सचिव (महिला) १. निमा काफ्ले, २. सृजना अर्याल, सचिव (आदिवासी जनजाति), १. नारायण सुन्दर किलम्बू, २. रामकुमार श्रेष्ठ, ३. शाहीमान राई, सचिव (मधेसी)ः १. दीपेन्द्र चौहान, २. देव कुमार यादव, ३. स्वेता सिन्हा, सचिव (दलित) १. मधु शाही, २. हेमकर्ण वि क, सचिव (एसोसिएट)ः, १. केपी ढुंगाना, २. केशवराज खनाल, ३. पवन आचार्य, ४. राधेश्याम दाहाल, ५. रामेश्वर कार्की, ६. विनय देवकोटा, कोषाध्यक्षः १. कलेन्द्र सेजुवाल, २. कृष्ण गिरी, ३. प्रकाश थापा, ४. माधव दुलाल, सदस्य, प्रदेश नं. १ः १. अमर खड्का, २. खगेन्द्र अधिकारी, ३. तारामणि सापकोटा, ४. दीपेन्द्र रुम्दाली (राई), ५. रोहित चन्द्र भट्टराई, ६. श्यामकृष्ण दाहाल, सदस्य, प्रदेश नं. २, १. अनिल मिश्र, २. केसी लामिछाने, ३. गुरु प्रसाद गौतम, ४. शिव पुरी, ५. सुदर्शनराज पाण्डे, ६. सुरेश यादव, ७. हेमशंकर सिंह, वागमती (उपत्यका वाहेक), सदस्य, १. धु्रवकुमार रावल, २. नरेन्द्र सापकोटा, ३. रमा दाहाल, ४. शिव कुमार रिजाल (काशी), ५. सुनिल खड्का, सदस्य, गण्डकी प्रदेश, १. प्रदीप काफ्ले, २. भीमलाल श्रेष्ठ, ३. रामजी प्रसाद लम्साल, ४. त्रिभुवन पौडेल, सदस्य, लुम्बिनी प्रदेशः १. आशिष गुप्ता, २. टीका बस्नेत, ३. भवानी प्रसाद पाण्डे, ४. माधवप्रसाद अर्याल, ५. रविलाल पाण्डेय, ६. श्रीधर सुवेदी, ७. सुमन अधिकारी, ८. सुशिल पोखरेल, सदस्य, कर्णाली प्रदेशः १. तुलाराम पाण्डे, २. दिपेन्द्र शर्मा, ३. नन्द बहादुर ऐडी, ४. नरेश भण्डारी, ५. बसन्त विश्वकर्मा, ६. बिनोद कुमार मल्ल, ७. भीमबहादुर सिंह, सदस्य, सुदूर पश्चिम प्रदेशः १. उत्तर सिंह बिष्ट, २. भरत बहादुर शाह, ३. मानबहादुर साउद ४. सुरेश पन्त, सदस्य, उपत्यका प्रदेशः १. विदुरप्रसाद ढुंगेल, २. शन्तराम बिडारी, ३. हेमराज सिलवाल, ४. ज्ञान प्रसाद पौडेल, सदस्य, प्रतिष्ठान प्रदेशः १. अनन्त प्रसाद मेहता (अनन्त अनूराग), २. केदारप्रसाद दाहाल, ३. गजेन्द्रराज ओझा, ४. देवबहादुर कुँवर, ५. मणि दाहाल, ६. याङ्क प्रसाद घिमिरे (वाई  पि), ७. रामकृष्ण अधिकारी, सदस्य, संस्थागत प्रदेश (एशोसिएट)ः १. ओम बन्धु कार्की, २. कृति भट्टराई (बि.सी.), ३. बिकास कार्की, ४. विष्णु प्रसाद सुवेदी, ५. स्मृति ढुंगाना, सदस्य खुल्लाः १. किरण ढकाल, २. केशव बहादुर भुल, ३. गणेशप्रसाद बन्जाडे, ४. गोविन्द खड्का, ५. छविलाल तिवारी, ६. जितेन्द्र लाल श्रीवास्तव, ७. टेकराज शाही, ८. नारायण प्रसाद पंगेनी, ९. निरज राज जोशी, १०. पदमराज जोशी (स्वास्थ्य), ११. बसन्त प्रताप ंिसंह, १२. बासुदेव शर्मा (बबिन शर्मा, १३. बंशी कुमार शर्मा, १४. भवानी कार्की, १५. भुपेन्द्र आचार्य, १६. माधव पौडेल, १७. मुक्तिबावु रेग्मी, १८. रमेश खतिवडा, १९. रामकृष्ण भण्डारी, २०. लोकराज जैशी, २१. वीपी साह, २२. विकास वन्जाडे, २३. शिवराज खत्री, २४. शिव वस्नेत, २५. संगम महत, महिला सदस्य (मधेशी–१), १. ललिताकुमारी साह, २. रुवीकुमारी रौनियार, महिला सदस्य (आदिवासी जनजाति–१), १. अन्जना शिल्पकार, २. शान्ता आङबुहाङ, महिला सदस्य (खस आर्य–१), १. डा. आशासिंह शाह, २. प्रतिमा सिलवाल, ३. भाषा शर्मा, ४. शर्मिला सुवेदी, ५. सतीदेवी उप्रेती, ६. सरिता तिम्सिना, महिला सदस्य (दलित–१)ः १. रुपा गहतराज, २. सरिता वराइली, आदिवासी जनजाति–२ (अनिवार्य महिला–१), १. ईश्वर राज मगर, २. पार्वता चौधरी, ३. भिसन राई, ४. बुद्धवीर राई, ५. विजय चाम्लिङ, ६. सन्चकुमारी लामा तामाङ्ग (सन्चु), सदस्य दलित–२ (अनिवार्य महिला–१), १. करन ताम्राकार, २. पवित्रा सुनार, ३. प्रकाश धौलाकोटी, ४. राधा नेपाली, सदस्य मधेशी–२ (महिला १ अनिवार्य, १. बिरेन्द्र के.एम., २. भउच प्रसाद यादव, ३. राकेश कुमार मिश्र, ४. रिंकु कुमारी मिश्र, ५. सीमा शर्मा (सिंह), ६. सुभाष प्रसाद साह, सदस्य (अपाङ्गता), १. चन्द्रकान्त पौडेल, २. डिल प्रकाश गौतम, ३. नवीन रिजाल, ४. रविनप्रसाद थपलिया, सदस्य (अल्पसंख्यक)ः १. इफ्तखार हसन (इकवाल अहमद), २. लक्ष्मण थामी, ३. सिराजुद्धिन खांन, लेखा समिति संयोजकः १. द्वारिका प्रसाद काफ्ले, २. लक्ष्मण कार्की, ३. लेखनाथ न्यौपाने, लेखा समिति सदस्य (खुल्ला)ः १. नारायणप्रसाद सापकोटा, २. मुकुन्द प्रसाद भण्डारी, ३. विष्णु जम्कटेल “तारुके” , लेखा समिति सदस्य (महिला)ः १. कालिका शिवाकोटी, २. देवी सापकोटा, ३. मन्जिमा ढकाल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here