२४ पौष, नेपालगञ्ज । अत्यधिक चिसो बढेपछि बाँके डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द भएका छन ।
केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठनपाठन प्रक्रियामा असहज वातावरण हुनेभएपछि आइतबार पुस २४ गतेदेखि पुस २९ गतेसम्म शैक्षिक संस्था बन्द भएका छन् ।
गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालय, मदरसा, गुरुकुल र बालविकास तथा संस्थागत विद्यालयहरु ६ दिनका लागि बन्द गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताए । शाखा प्रमुख कर्णले एक सूचना जारी गरि शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको जनाएका छन् ।
यसविचमा सामुदायिक विद्यालयहरुमा संचालित परिक्षाहरु मध्ये बाँकी रहेका विषयहरुको परिक्षा विद्यालय खुलेपछि पूर्ववत अनुसार संचालन हुने समेत सूचनामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here