१६ पौष, नेपालगञ्ज । आठौं श्रृङखलामा एकता युवा क्लबको आयोजनामा, प्राइम लाईफ इन्स्युरेन्स नेपालगञ्जको प्रायोजकमा शनिवार रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।
नेपालगन्ज उप–महानगरपालिका वडा नं. २२ पुरैनीमा रहेको एकता युवा क्लबको कार्यालय मैं ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ आठौं श्रृङखलामा आयोजना गरिएको रक्तदान कार्यक्रममा डा. बिनोद कर्ण, डा. सन्दिप गुरुङ्ग, समाजसेवी भगौती प्रसाद गोडिया, सुनील परियार, समाजसेवी भीम पोख्रेल, क्लबका अध्यक्ष राजेश कुमार यादव लगायतले रगत संकलन गर्ने पाकेट प्राविधिकलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
एकता युवा क्लबका अध्यक्ष राजेश कुमार यादव, सरोज थापा, बिजय पाठक, भीम पोख्रेल, डेगराज गुरागाईं, सुनील बिश्वकर्मा, बिनोद सुनार, महेश सुनार, बीरेन्द्र गहतराज, ईमरान दर्जी, प्रकाश साहु, योगेश चौधरी, गौरव घर्तीमगर, शुधांशु पासवान, बनवारी पासी, सहदेव पासी, बिनोद साहनी, जितेन्द्र राँढ, कृष्ण ठकुरी, प्रवीण ठकुरी, सुनील राँढ, सरोज मिश्र, बिकास साहु, अमन गोडिया, धर्मु गोडिया, अजु भुषाल, द्वारिका प्रसाद गोडिया, टंक बोहरा, दिनेश काफले, प्रेम, उमेश, राहुल राँढ, रोहित राणा, हरदेव जायसवाल, अमृत गोडिया, बिनोद यादव, रञ्जना मिश्रा, राहुल यादव, सुनिता गोडिया, मनोज कुमार मिश्र, आशिष कुमार साहु, अशोक सिंह गुरुङ्ग, दिनेश यादव, मञ्जु चन्द, सुनल राँढ, पसटाङ्ग नोरबु शेर्पा, कृष्ण सुवेदी, अमित मल्ल लगायत रगतको अभाव नहुन दिनका लागि एकता युवा क्लबद्वारा आयोजित रक्तदान कार्यक्रममा ३ महिला सहित ५१ जनाले रक्तदान गरेका छन् ।
सो कार्यक्रममा समाजसेवी बीरेन्द्र गहतराज, मंगल जिएम, सुनील केसी, सुरत पुरुष, एस.के. डेरी उद्योग सहयोगी हातका रुपमा रहेका थिए । यसै नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा माधवराम वर्मा, पवन जायसवाल, सदस्य सुनील परियार, क्लबका सदस्य तथा स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, सोम प्रकाश सापकोटा, सुरज यादव, गोमा रावत, केशर सिंह डाँगीले प्राविधिकमा सहयोग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here