१३ पौष, नेपालगञ्ज । बाँके डुडुवा गाउँपालिकाले सबै भन्दा ठूलो सडक योजना कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाको अति विकट क्षेत्र मानिने रामनगर पाँझा पिपिसी सडक निर्माणको कार्य शुरु भएको हो ।
सडक निर्माण पश्चात गाउँपालिकाको वडा नंं. २ अन्र्तगत डुडुवा नालापारी रामनगर, पाँझा, चौफेरी, कृषि चौफेरी, वोर्डर चौफेरी, छिटाईपुर्वाका करिब साढे तीनसय बढी घरधुरी र नरैनापुर गाउँपालिका केही गाउँका मानिसहरु प्रत्यक्ष लाभ लिनेछन् भने खेतबारी गर्नेहरुका लागि पनि सघाउ पुग्नेछ ।
सडकको अभावमा अहिले त्यस क्षेत्रका करिब ६ गाउँका नागरिकहरुलाई आवत जावतका लागि निकै सास्ती हुदै आएको छ । विशेषगरि वर्षाको समयमा बाढी र डुबानका बेला कच्ची सडकका कारण निकै समस्या हुदै आएको छ । सडकको अभावमा विरामीलाई सदरमुकाम ल्याउन पनि समस्या रहेको छ । डुडुवा गाउँपालिका वार्ड नंं. २ अमृतपुर्वादेखि रामनगर पाझासम्म साढे तीन किलोमिटर पिसिसी सडकको मंगलवार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गरेका छन् ।
शिलान्यास गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाको विकट क्षेत्रका बासीका लागि आवत जावतमा सजकताका लागि ठूलो समस्या रहेकाले यो सडक निर्माणपछि ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे । उनले गाउँपालिकाकै अति दुर्गम र वाढी डुबानबाट पिडितबासीहरुको सहजकताका लागि सिधा सम्र्पक जोड्न सडक निर्माणको कार्य शुरु भएको भन्दै सडक निर्माणपछि त्यहाका मानिसहरुलाई सहजता प्रदान गर्ने बताए ।
साढे तीन किलोमिटर पिसिसी सडकसंगै एक वटा कच्वे, १५ वटा कल्भर्ट निर्माणको कार्य शुरु भएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर सुरेन्द्र कुमार बर्माले बताए । उनका अनुसार नारायाणम निर्माण सेवा प्रालिले ६ करोड ९ लाख २२ हजार ६ सय २७ रुपैयाको लागतमा सो सडक निर्माण गर्नेछ ।
डुडुवा गाउँपालिकाका प्राय सबै वडा बाढीप्रभावित क्षेत्र रहेकाले त्यहाँका अधिकांश सडक पिसिसी नै उत्तम मानिएकाले सबैजसो सडक पिसीसी नै निर्माण गरिएको पालिकाका प्राविधिक शाखाका ओभरसिएर मदनेश्वर झाले
बताए । उनका अनुसार पालिकामा निर्माण भएका अधिकांश सबै सडकहरु पिसीसी गरिएको छ, भने यो सडक बाढी र डुबान क्षेत्रमा कालोपत्रे भन्दा पनि भरपर्दो रहेकोले उत्तम मानिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here