सकिल अहमद राई
२४ मंसिर, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाको वडा नम्बर २ बेलभारमा एक दिने आँखा शिविर शुक्रबार सम्पन्न भएको छ ।
फत्तेबाल आँखा अस्पताल नेपालगन्जको आयोजना तथा जानकी गाउँपालिका वडा नम्बर २ स्वास्थ्य चौकीको सहकार्यमा संयुक्त तत्वधानमा सो शिविर सम्पन्न भएको हो ।
शिविरमा जम्मा ३ सय ७० जना आँखाका रोगीले आँखा जाँच गराएका थिए । जस मध्ये ८० जनामा मोतिया बिन्दु फेला परेका छन् ।
मोतिया बिन्दुका बिरामीहरुलाई सहुलियत दरमा अस्पताल मै गई अपरेसन गर्ने केन्द्रका कार्यक्रम संयोजकले जानकारी दिएका छन् । वडाध्यक्ष गुप्ताका अनुसार वडावासीहरूको स्वास्थ्य सेवाका लागि अगामी दिनमा यस वडा कार्यालयबाट थप स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै जेष्ठ नागरिकहरूको लागि विशेष स्वास्थ्य योजना ल्याईने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here