एमाले निकट लोकतान्त्रिक मधेसी संगठनको भेला एमाले पार्टी कार्यालय नेपालगञ्जमा सम्पन्न भएको छ ।भेलाका प्रमुख अतिथि एमाले स्थायी कमिटिका सदस्य तथा पुर्वमन्त्री रघुविर महासेठले जन्मसिद्धको नागरिकता पाएकाहरुका सन्तानले अब चाडै बंशजको नागरिकता पाउने बताउनु भयो । उहाँले प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको सरकारमा ६ हजार किलोमिटर सडक,३ सय ४६ वटा पुल निर्माण गरिएको बताउनु भयो । अहिले हावा बाट बिजुली निकाल्ने,रेल मार्गको तयारी,पानी जहाजको संचालन,सिचाई आयोजना,विमानस्थल निर्माणले घरघरमा दिमाग दिमागमा विकासले गति लिएको बताउनु भयो । विद्यालय,सिचाई र सडक मार्फत मात्र नभएर सरकारका महत्वपुर्ण स्थानमा मधेसी समुदायको प्रतिनिधित्व गराएर प्रधानमन्त्री केपि शर्मा ओली मधेसी जनताका प्रिय नेता बनेको नेता रघुविर महासेठले तर्क गर्नुभयो ।भेला लाई सम्बोधन गर्दै मुस्लिम संगठनका केन्द्रिय अध्यक्ष सिराज अहमद फारुकीले शिक्षा,स्वास्थ्य र रोजगारी मार्फत सिंगो मधेसको समृद्धिका लागि काम भईरहेको बताउनु भयो । उहाँले अधिकार माग्नु र कर्तव्य पुरा गर्नुमा नेपालको नागरिकको हैसियतमा सबैले अधिकारको सदुपयोग र कर्तव्यको पालना गरे देश समृद्ध बन्ने धारणा व्यक्त गर्नु भयो ।नेकपा एमालेका केन्द्रिय सदस्य मोहमद हारुन हल्वाई र संविधान सभा सदस्य देवराज भारले सिमामा मधेसी समुदायले गरेको राष्ट्रभक्तिको काम र सिमामा नेपाली जनताले भोग्नु परेको पिडाको सविस्तार चर्चा गर्नु भएको थियो । भेलाले अध्यक्ष धनराज कुर्मी,उपाध्यक्ष रेखा मिश्रा,शशिरञ्जन कर्ण,असफक खाँ सचिव सोहनलाल यादव,उपसचिव लालतारा,राम कुमार यादव,हसिम खाँ,कमलेश यादव , बलकिन्दर सिंह,मनोज बैश्य,कोषाध्यक्षराजितराम यादव र मोहन चौहान रहेको १ सय ९५ सदस्यीय सोकतान्त्रिक मधेसी संगठन बाँके गठन गरेको मधेसी समुदायका प्रभावशाली नेता भुमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रिय सदस्य विक्रम यादवले जानकारी दिनु भयो ।नयाँ कार्य समिति लाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै एमाले बाँकेका अध्यक्ष सुर्य ढकालले एमाले बाँकेमा ५६ जना जिल्ला कमिटि सदस्यको रुपमा रहेको जानकारी दिनु भएको थियो । लोकतान्त्रिक मधेसी संगठनका नेता सकिल खाँनले संचालन गरेको कार्यक्रमको अध्यक्षता मधेसका एमाले नेता प्रेमनारायण पाठकले गर्नु भएको थियो । भेलामा नेकपा एमालेका केन्द्रिय सदस्य पुजन विश्वकर्मा,केशव गिरि,प्रदेश कमिटिका सदस्य पदम धिताल,घननाथ खनाल ,रविन्द्र नम्साल ,जालिम खाँन लगायत विभिन्न जनवर्गिय संगठनका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here