९ मंसिर, नेपालगञ्ज । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ लाई लक्षित गरि भर्ना गरिएका म्यादी प्रहरीलाई बिहीवार विदाई गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले तर्जुमा गरेको पाठ्यक्रमद्वारा १० दिनको म्यादी प्रहरी तालिम प्राप्त गरी तोकिएको कार्यक्षेत्रमा नेपाल प्रहरीको साथमा खटिई निर्वाचन कार्यलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सम्पूर्ण म्यादी प्रहरीहरुलाई बिहीवार एक कार्यक्रमका बिच बिदाई गरिएको हो ।
२०७९ असोज ३० गतेदेखि २०७९ कार्तिक ८ गतेसम्म सञ्चालित १० दिनको तालिम प्राप्त गरि जिल्ला प्रहरी कार्यालय बाँकेबाट म्यादी प्रहरीको नियुक्ति लिई तोकिएको कार्यक्षेत्रमा नेपाल प्रहरीको साथमा खटेर म्यादी प्रहरीले आफ्नो कर्तव्य निर्वाह गरेका थिए ।
प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले सञ्चालन गरेको विदाई कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री प्रमुख अतिथिको रुपमा रहेका थिए ।
सो कार्यक्रम प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीको अध्यक्षतामा आयोजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here