३१ असोज, नेपालगञ्ज । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडिको मृत्यु हुने गरि भएको दुर्घटनाप्रति दुःख ब्यक्त गरेका छन् ।
आइतबार बिहान पोखराको सराङकोटमा क्रस कन्ट्री प्याराग्लाइडिङ खेलमा सहभागी खेलाडि सहितको प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।
दुर्घटनामा नेपाल त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी पोखराका निसिम थापाको मृत्यु भएको थियो । उक्त घटनाप्रति दुःख ब्यक्त गर्दै मन्त्री अथकले मृतक खेलाडिलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
सामाजिक संजालमा घटनाप्रति दुःख ब्यक्त गर्दै मन्त्री अथकले यस्तो लेखेका छन, ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत प्यारागलाइडिङ प्रतियोगितामा सहभागी त्रिभुवन आर्मी क्लव (विभागीय)का खेलाडी निसिम थापाको मृत्युको खबरले दुःखी र मर्माहत बनाएको छ । यो क्षति र शोकको घडीमा मृतक प्रति हार्दिक श्रद्धाञ्जली । शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना । साथै सबैलाई धैर्य धारण गर्न उच्च मनोबल राख्न अनुरोध छ ।’