३० भाद्र, नेपालगञ्ज । नेपालगञ्जस्थित ब्लड बैंकको आफ्नै सुविधासम्पन्न भवन बन्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले बिहीवार भवनको शिलान्यास गर्नुभएको छ । यो भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ करोड रूपैयाँ विनियोजन गरिसकेको छ ।
अस्पताल हाताभित्र रहेको हालको जीर्ण भवन भत्काएर नयाँ बनाउन लागिएको सडक डिभिजन कार्यालय बाँकेले जनाएको छ । विनियोजित बजेटमध्ये ५ लाख रूपैयाँ नक्सा र डीपीआरका लागि खर्च गरिने छ । २ करोड ९५ लाख रूपैयाँ भवन निर्माणमा खर्चिने भएको छ ।
मन्त्रालयको निर्माण व्यवसाय प्रबर्द्धन शाखाका उपसचिव पशुपति पुरीका अनुसार निर्माण व्यवसाय विकास परिषद्को भदौ १३ गतेको निर्णयअनुसार नेपालगन्जमा ब्लड बैंकको नयाँ भवन बनाउन बजेट व्यवस्था भइसकेको छ ।
यसैबीच मन्त्री राईले बिहीवार नै डुडुवागाउँपालिका वडा नं ३ रमपुर्वामा र वडा नं ४, ५ को सिमानामा पर्ने मोहनदास बाबा कुट्टीमा दुई छुट्टाछुट्टै पुलको शिलान्यास पनि गर्नुभएको छ । यो पुल बनेमा त्यस क्षेत्रका बासिन्दालाई डुडुवा खोला वारपार गर्न सहज हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here