२६ भाद्र, नेपालगञ्ज । बाँके युनेस्को क्लबले बाल अधिकार समिति तथा मानव बेचबिखनविरुद्ध समन्वय समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धिकालागि दुई दिने नीतिगत तालीम नेपालगञ्जमा सम्पन्न गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा क्लबद्धारा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण ९प्रोटेक्ट० परियोजना अन्र्तगत सो तालिमको आयोजना गरिएको हो ।
सो तालीममा नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाका बाल अधिकार समिति र मानव बेचबिखनविरुद्ध समन्वय समितिका गरी १४ जना सहभागीहरुको सहभागिता रहेको थियो । तालीमको सहजीकरण आशीष वर्माले गर्नुभएको थियो ।
बेचबिखनको बढदो क्रमलाई मद्देनजर गरी युनेस्को क्लबले सन २०१९ देखि प्लान नेपालको साझेदारीमा उक्त परियोजना संचालन गर्दै आएको क्लबका अध्यक्ष रविकुमार तुलाधरले बताउनु भयो ।
तालीममा मानव बेचबिखनको हालको अवस्था र यस संग सम्बन्धित निति नियमको बारेमा व्यापक छलफल गरिएको थियो भने कार्यक्रमको अन्तमा मानव बेचबिखन रोकथामकालागि कार्य योजना समेत तयार गरिएको थियो ।
कार्यक्रमको समापनमा बालअधिकार समितिका सदस्य तथा प्रहरी सहायक निरीक्षक दिलसरा रानाले मानव बेचबिखन अन्त्यकालागि सबै एकजुट भएर लाग्नु पर्ने कुरामा जोड दिनुभयो ।
खजुरा गाउँपालिकाको बालअधिकार समितिका सदस्य सचिव तथा महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले मानव बेचबिखन एउटा असमाजिक जघन्य अपराध भएको जनाउँदै बालबालिकाको संरक्षण हुनु उनीहरुको मौलिक अधिकार हो भन्नुभयो ।
उहाँले मानव बेचबिखन विरुद्धको अभियानलाई निरन्तरता दिनकालागि हरेक तह तप्काबाट योगदान पुरयाउन आवश्यक रहेको बताउनुभयो ।
तालीममा क्लबका कार्यकारी निर्देशक साजिद अली सिद्दीकी तथा फील्ड सुपर भाइजर शंकरसिंह थारु समेतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here