२० भाद्र, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा हुने महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्नुहुने भएको छ ।
काठमाडौंको दशरथ रंगशालामा मंगलबार हुने उद्घाटन समारोहमा मन्त्री अथकले सहभागीता जनाउनुहुने भएको छ ।
एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले उद्घाटन सत्रमा मन्त्री अथकलाई दिएको निम्तो स्वीकार गर्नुभएको हो ।
एन्फाका अनुसार मंगलबार साँझ ५ः३० बजे सुरु हुने उद्घाटन खेलमा आयोजक नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी हुन सबै टोली नेपाल आइपुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here