९ भाद्र, नेपालगञ्ज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा मानव बेचबिखन रोकथामका लागि सञ्चालन गरेको प्रोटेक्ट परियोजनाबाट प्राप्त उपलब्धीहरु बारे छलफल गर्न स्थानीय सरकार र सरोकारवालाहरूसँग साझा बैठक सम्पन्न गरेको छ ।
कोहलपुरमा आयोजना गरिएको सो बैठकमा परियोजना सञ्चालनपछि भए गरिएका कामहरुका बारेमा समिक्षा गर्नुका साथै आगामी कार्यक्रमहरु बारे समेत जानकारी गराईएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
कोहलपुर नगरपालिकाको सामाजिक विकास शाखाका संयोजक ईश्वरीप्रसाद बिकले बैठकको अध्यक्षता गर्दै क्लबले सानो समयमा मानवबेचविखन रोकथामका लागि स्थानीय तहसंग समन्वय गरेर उत्कृष्ट काम गरेको बताउनुभयो ।
उहाँले आगामी कार्यक्रमहरु पनि प्रभावकारी रहेकोले सबैले सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा वडा नम्बर ८ का अध्यक्ष झगबहादुर थारुले युवति र महिला विभन्न कारणले मानव बेचविखनको उच्च जोखिममा रहेकोले रोकथामका लागि अभियानहरु चलाउनु आवश्यक रहेको बताउनुभयो ।
बैठकमा वडा सदस्यहरु शितला परियार, गंगा सुनार र झुपबहादुर दमाई, महिला तथा बालबालिका शाखाका फोकल पर्सन घटना शाह, सामाजिक शाखाका इन्चार्ज सुशीला थापा र स्वास्थ्यका तर्फबाट शारदा चन्दको उपस्थिति रहेको थियो ।
सोही प्रकारले प्लान इन्टरनेशनल नेपालका परियोजना अधिकृत सन्तोष पुलामी लगायत साना हात, माइती नेपाल र रेडक्रस जस्ता समुदायमा आधारित संस्थाहरु, युवा दूत र नगरपालिकास्तरीय बाल क्लब नेटवर्कको बैठकमा सहभागिता रहेको तथा उनिहरुविच व्यापक छलफल भएको क्लबका कार्यकारी निर्देशक साजिद अली सिद्दिकीले बताउनुभयो ।
प्रोटेक्ट परियोजना अन्तर्गत मानवेचविखन रोक्न क्लबले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here