५ भाद्र, नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलबाट लागूऔषध ब्राउनसुगर (खैरो हिरोईन) सहित एक जना युवक पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा शनिबार जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरीको टोलीले विमानस्थलबाट कोहलपुर नगरपालिका–११ का २५ वर्षीय रोहन शाहलाई यात्रु आराम कक्षमा शंकास्पद रुपमा फेला पारेपछि पक्राउ गरेको हो ।
६४ ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगर सहित शाहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शाह २ः०५ बजेको समयमा नेपालगञ्जदेखि काठमाण्डौँ जाने यति एयरलाईन्सको विमानद्वारा ब्राउनसुगर (खैरो हिरोईन) सहित काठमाण्डौँ जान लागेका थिए ।
विमानस्थलको यात्रु आराम कक्षमा शंकास्पद रुपमा शाहलाई फेला पारी तलासी लिँदा कालो प्लाष्टिकले पोका पारी बनाई राखेको २ वटा पोकामा राखिएको ब्राउनसुगर (खैरो हिरोईन) सहित पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here