२८ श्रावण, नेपालगञ्ज । नेपाल–भारतका पत्रकारको सहभागितामा सीमाञ्चल पत्रकार संघले भारतको ७५औं स्वतन्त्रता दिवसको अवसरमा १० गजामा तिरंगा यात्राको आयोजन गरेको छ । शनिवार दिन सीमाञ्चल पत्रकार संघका प्रदेश अध्यक्ष सुरेन्द्र कुमार मधेशियाको नेतृत्वमा भएको सो कार्यक्रममा सीमाञ्चल पत्रकार संघका प्रदेश अध्यक्ष सुरेन्द्र कुमार मधेशिया, सुदर्शन न्यूजका रामजी सोनी, आरके वर्मा, जमिल अहमद, जुनैद अहमद, रुद्रप्रताप मिश्रा, राघवेन्द्रनाथ शर्मा, अशोक पाठक, राज त्रिपाठी, नइम अहमद, सीमाञ्चल पत्रकार संघका संरक्षक वृजनरेश श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो । नेपाल सीमाञ्चलका जिल्ला अध्यक्ष जनपद बहराइचका अखिलेश वर्मा, मधेश मिडिया मिसन नेपालका सल्लाहकार अजय गुप्ता, बाँके जिल्ला अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी, समाचार रेखाका सम्पादक समिर अलि, पत्रकार बनि अमिन सल्मानी, उमेशनाथ मिश्रा, रोहित मिश्रा, पंकज मिश्रा, शुभम शर्मा, सकिल अहमद राई लगायतहरुको उपस्थिति रहेको थियो । १० गजा क्षेत्रमा नेपाल–भारतका पत्रकारहरु भेला भइ त्यहाँबाट तिरंगा यात्रा निकालेका थिए जुन यात्रा रुपैडिहा बजारको परिक्रमा गरेपछि १० गजामानै आएर समापन भएको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै सीमाञ्चल पत्रकार संघका प्रदेश अध्यक्ष सुरेन्द्र कुमार मधेशियाले भने, नेपाल–भारतको सीमामा तमाम समस्याहरु विद्यमान रहेको छ । यो समस्यामाथि लेखनी दुवै देशका पत्रकारले गर्न सक्नुपर्छ तर सत्यता लेखनीमा रहोस् । नेपाल हाम्रो असल छिमेकी देश हो । यसलाई कुनै समस्या पर्नु भएन । यसको लागि हामी दिनरात कार्य गर्छाैं । कुनै समस्या भए त्यसलाई मिलेर समाप्त पार्छाैं ।’ त्यस्तै सीमाञ्चल पत्रकार संघका जिल्ला अध्यक्ष अखिलेश वर्माले भने, सीमामा विद्यमान समस्याको अन्त्य गर्न आफ्नो यो संघलाई अझ सक्रिय पार्ने प्रयासमा छौं । छिट्टै नेपालमा यसबारे बैठक गर्नेछौं । त्यसपछि सोही प्रकारको बैठक भारतमा आयोजना गर्नेछौं । जुन समस्या छ त्यसलाई हटाउन बहराइचका जिल्लाधिकारीको ध्यानाकर्षण गराउने र बाँके नेपालका प्रहरी प्रमुखसँग भेटघाट गरि उहाँहरुको ध्यानाकर्षण गराउने छौं ।’ भारतमा ७५औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आव्हानमा सम्पूर्ण भारतमा तिरंगा यात्रा निकाल्ने कार्यक्रम शुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here