सकिल अहमद राई
२३ श्रावण, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १६ जैशपुरमा रहमा ट्रेनिङ्ग सेन्टरको नवनिर्मित भवनको उद्घाटन शनिवार एक कार्यक्रमबीच गरिएको छ ।
प्रमुख अतिथि बाँके जिल्ला निर्वाचन क्षेत्र नं. २ प्रदेश ख का प्रदेश सभा एवं माननीय वन वातावरण तथा भू संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाल, जिल्ला समन्वय समिति संयोजक ज्ञानेन्द्र चौधरी, नेपालगञ्ज उमनपाका उपमेयर कमरुद्दीन राई, एवं नेपाल डेभलपमेन्ट सोसाइका अध्यक्ष एवं रहमा ट्रेनिङ्ग सेन्टरका संरक्षक नजरुल हुसेन फलाहीद्वारा संयुक्त रुपमा उक्त उद्घाटन गरिएको थियो ।
सोही अवसरमा रहमा ट्रेनिंग सेन्टरद्वारा संचालित तीन महिने आधारभूत सिलाई कटाई तालिम पनि शुरु भएको छ । तालिमको उद्घाटनको अवसरमा गर्दै बाँके जिल्ला निर्वाचन क्षेत्र ख का प्रदेश सभा एवम् माननीय वन वातावरण तथा भू संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले मानिसको जीवनमा सिप महत्वपूर्ण हुन्छ, सिपले जीवनमा परिवर्तन ल्याउने बताएका थिए ।
उनले अगाडि भने, मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके उसको जीवनमा परिवर्तन ल्याउने छ । जसले मेहनतका साथ सिप सिके सफलता हासिल गर्न कुनै समस्या पर्दैन । श्रमले मानिसलाई सम्मानित बनाउँछ । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुनेछ । सिलाई कटाई तालिमपछि ग्राहकको रुचि अनुरुप ड्रेस मेकिङ गर्न सक्ने एक दक्ष प्राविधिक बन्ने भएकाले तालिममा सहभागिहरुलाई मेहनतका साथ तालिममा सहभागि हुन अनुरोध गरे । सिप र दक्षताले मानिसको भबिष्य निधारण गर्ने भएकाले त्यसलाई ख्याल गरि काम गर्न सक्नुपर्छ ।’
सोही अवसरमा बोल्दै जिल्ला समन्वय समिति संयोजक ज्ञानेन्द्र चौधरीले, ‘सरकारी स्तरबाट दिएका तालिमहरुको महत्व हुने भएकाले तालिमपछि सहभागिहरुले हासिल गर्ने सिपलाई परिक्षण गरि प्रमाण पत्र प्रदान गरिने भएकाले तालिममा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा नेपाल डेभलपमेन्ट सोसाइटीका अध्यक्ष एवं रहमा ट्रेनिङ्ग सेन्टरका संरक्षक नजरुल हुसेन फलाहीले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम सञ्चालन गरिएको बताउँदै तालिमले महिला दिदि बहिनीहरु स्वरोजगार आत्म निर्भर बन्ने भएकाले यसले आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पु¥याउने बताए ।
हाम्रो संस्थाले बिभिन्न प्रकारको तालिमहरु दिदै आएको छ । जसले तालिम लिई स्वरोजगार बन्ने हिसाबले आबेदन दिएको हुन्छ, त्यसलाई मात्र तालिम दिइने संरक्षक फलाहीले जानकारी दिए ।
तालिम उद्घाटनका क्रममा नेपाल डेभलपमेन्ट सोसाइटीका सचिव असलम हल्वाई स्वागत मतब्य राखेका थिए ।
कार्यक्रममा सहभागी प्रमुख अतिथि वन वातावरण तथा भू संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाल, विशिष्ठ अतिथि जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरी, विशिष्ठ अतिथि नेपालगंज उपमहानगरपालिकाका उपमेयर कमरुदिन राई, अतिथि नेपाल डेभलपमेन्ट सोसाइटीका अध्यक्ष एवं रहमा ट्रेनिङ्ग सेन्टर संरक्षक नजरूल हुसेन फलाही, अतिथि इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश पश्चिमका अध्यक्ष ओबैदउर रहमान खान लगायत स्थानीयका जनता लगभग २ सय जनाको सहभागिता रहेको थियो ।
कार्यक्रम सञ्चालन बद्रे आलम खान एवम् समापन नेपाल डेभलपमेन्ट सोसाइटीका अध्यक्ष एवं रहमा ट्रेनिङ्ग सेन्टर संरक्षक नजरुल हुसेन फलाहीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here