१५ श्रावण, नेपालगञ्ज । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके जिल्लाका अति विपन्न ८ परिवारलाई आय आर्जनका लागि बाख्रा वितरण गरेको छ ।
क्लबले कतार च्यारेटीको सहयोगमा जिल्लाको खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरका अति विपन्न ८ परिवारलाई बाख्रा पालन परियोजना अन्तर्गत बाख्रा वितरण गरेको हो ।
एक समारोहका विच नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टि«य आयोगका सदस्य हरिवंश किरात र बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले सयुक्त रुपमा बाख्रा वितरण गर्नुभयो ।
बाख्रा वितरण गर्दै उहाँहरुले आर्थिक रुपमा विपन्न परिवारका लागि यो सहयोग निके उपयोगी साबित हुने जनाउँदै यसबाट उनिहरुको जिवनमा ठुलो आर्थिक परिवर्तन आउने विश्वास गर्नुभयो ।
कोहलपुर नगरपालिकाका, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरका ८ अति विपन्न परिवारलाई सो बाख्रा वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । हरेक परिवारलाई ५ वटा बाख्रा र एक बोका वितरण गरिएको उहाँले जनाउनुभयो ।
सो अवसरमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, वित्तिय प्रमुख वेद पंगाली लगायतको पनि उपस्थिति रहेको थियो ।
विपन्न परिवारको आर्थिक अवस्था बलियो बनाउँदै उनिहरुको बालबालिकाको शिक्षामा पहुँच पु्र्याउन यो सहयोग गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।
यसअघि बाँके युनेस्को क्लबले जिल्लामा आय आर्जनका लागि किराना पसल, नास्ता पसलमा सहयोग गर्नुका साथै विपन्न महिलाका लागि सिलाई कटाई तालिम सञ्चालन गर्दै आएको छ भने साना किसान र खानेपानीका लागि पनि विभिन्न सहयोग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here