३१ असार, नेपालगञ्ज । बाँके प्रहरीले २ सय ८१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतले जरिवाना र कैद सजाय तोकेका फरार अभियुक्तलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
गत साउनदेखि यो असार महिनासम्ममा २ सय ८१ जना फरार अभियुक्तलाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।
पक्राउ परेका अभियुक्तबाट ५६ लाख ५३ हजार ८ सय ३५ रुपैया जरिवाना र एक सय ३४ वर्ष २ महिना १४ दिन कैद असुल गरिएको छ । फरार अभियुक्त नियन्त्रण गर्नेमा बाँके प्रहरी लुम्बिनी प्रदेशमै अगाडि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here