२६ असार, नेपालगञ्ज । इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद–उल–अजहा ‘बकरीद’को पावन अवसरमा नेपालगञ्ज उमनपा वडा नं. ४ का जनप्रतिनिधिले ईदगाहमा नमाज पढ्न पुगेका श्रद्धालुहरुलाई खजुर र पानी वितरण गरेका छन् । जनताको सुख दुःखमा सधैं साथ रहने वडा नं. ४ का वडाध्यक्ष गोपाल पुन तथा महिला वडा सदस्य रुमिता देवकोटा आफ्नो सहयोगी टिम सहित आइतवार बिहान विपी चोकस्थित इदगाहमा नमाज पढ्न पुगेका श्रद्धालुहरुलाई खजुर तथा पानी वितरण गरेका थिए । वडाध्यक्ष गोपाल पुन तथा महिला वडा सदस्य रुमिता देवकोटा लगायतको टिमले नमाज पढ्न पुगेका श्रद्धालुहरुलाई खजुर तथा पानी वितरण गर्दै बकरीद पर्वको शुभकामना व्यक्त गरेका थिए । प्रत्येक चाडपर्व तथा जनताको सुख दुःखमा सक्रिय सहभागिता जनाउने वडा नं. ४ का जनप्रतिनिधिको यस प्रकारको सामाजिक कार्यबाट सर्वसाधारण निकै हर्षित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here