१० असार, नेपालगञ्ज । नेपालगन्जको जमुनाहाबाट लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला दाङ लमही नगरपालिका वडा ४ बस्ने २३ वर्षीय किरण कुमाल रहेका छन् ।
लागु औषध ब्यूरोको टोली र जमुनाहा प्रहरीको टोलीले आवश्यक चेकजाँच गर्दा कुमालले जुत्तामा लुकाएर राखेको अन्दाजी ९ ग्राम ब्राउन सुगर फेला परेको जमुनाहा प्रहरीका इन्चार्ज माधव रिजालले जानकारी दिएका छन् ।
पक्राउ परेका कुमाललाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here