असार ७, नेपालगन्ज । नेपालगन्जको जमुनाहा नाकाबाट लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा १ कौशिल्या नगरका ३० वर्षीय प्रकाश रोकाय तथा मुगु छायाँनाथ रारा नगरपालिका वडा ३ बस्ने ३० वर्षीय श्रीबहादुर खड्का रहेका छन् ।
शंकास्पद अवस्था रहेका ती दुई जनालाई लागु औषध व्यूरोको टोली र जमुनाहा प्रहरीको टोलीले आवश्यक चेकजाँच गर्दा प्रकाश रोकायले आफ्नो मलद्वारमा लुकाएर राखेको अन्दाजी २ ग्राम ब्राउन सुगर फेला परेको जमुनाहा प्रहरीका इन्चार्ज माधव रिजालले जानकारी दिएका छन् ।
पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here