बाँके (राप्तीसोनारी)– राप्तीसोनारी गाउँपालिकाका प्रशासकीय प्रमुखको कार्यकक्ष र लेखा शाखामा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले ताला लगाइदिएका छन् । प्रमुख प्रशासकीय अधिकृतले सेवाग्राहीको काममा लापरबाही गरेको भन्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले ताला लगाएका हुन् ।

 प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेत सेवाग्राहीको काम प्रति जिम्मेवार नभएको, पालिका अध्यक्षसँगको समन्वय बिना काम गर्ने गरेको आरोप लगाउदै पालिका अध्यक्ष लाहु राम थारुले बस्नेतको कार्यकक्षमा ताला लगाई दिएपछि विवाद उत्कर्षमा पुगेको छ । गाउँपालिका श्रोतका अनुसार प्रशासकीय अधिकृत बस्नेतले कार्यपालिकाको निर्णय विपरीत झण्डै ५० लाख पर्ने सावारी साधन समेत खरिद गरेपछि विवाद बहिर आएको हो । केही दिन अघि अधिकृत बस्नेतले आफु चढ्नका लागि स्कारपियो गाडी खरिद गरेका थिए । अध्यक्ष लाहु राम थारुले प्रशासकिय अधिकृत बस्नेत र लेखा शाखमा ताला लगाएको ताला सोमाबार साँझ खोलिएको भए पनि आज (मंगलवार) पालिका कर्मचारीहरुलाई केही समय पेन डाउन गरेर काम काज ठप्प पार्न प्रशासकीय अधिकृतले सुझाएको एक कर्मचारीले बताए ।

पालिका अध्यक्ष लाहु राम थारुका स्वकिय सचिव सन्तोष थारुले प्रमुख प्रशासकीय अधिकृत बस्नेत गैर जिमेवार बनेका कारण पालिकामा बिवाद सृजना भएको बताए । सचिव थारुका अनुसार विवाद समाधानका लागि दुवै पक्षबीच छलफलको तयारी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here