नेपालगन्ज, २ असार । मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले सामाजिक सेवा अन्तर्गत खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ ।
पश्चिम भ्रमणमा रहनु भएका निवर्तमान प्रदेश प्रमुख अहिराजले भेरी अस्पताल परिसरमा संचालित अञ्जनी माता रसोई घर, निल सागर बृद्धाश्रम र डुुडुवा गाउँपालिका २ जाफरपुर्वास्थित मदरसामा खाद्यान्न र शैक्षिक सामाग्री वितरण गर्नु भएको हो ।
अञ्जनी माता रसोई घरमा सामुहिक भोजन गरिएको थियो । कार्यक्रममा ग्रिन नेपालगन्ज क्लिन नेपालका अभियन्ता डा. विनोद कर्ण, भेरी अस्पतालका डा आर के झा, बर्दियाका नागरिक अभियन्ता कमलदेव पौडेल, अञ्जनी माता रसोइका संचालक जितेन्द्र ठाकुर, विजय गप्ता, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी, ज्येष्ठ नागरिक सञ्जालका कृष्णमुरारी प्रसाद भट्ट लगायतको सहभागिता रहेको थियो ।
त्यसक्रममा रसोई घरको परिकल्पना, भोजनको व्यवस्थापन लगायतका बारेमा जानकारी गराइएको थियो । यसैगरि नागरिक समाजका अगुवाहरुसंग छलफल गरिएको थियो । छलफलका क्रममा राज्य पुनर्संरचनापछिको संयन्त्रको काम कारवाही प्रक्रिया, सेवाग्राहीका समस्या नागरिक अभियान लगायतका विषयमा छलफल गरिएको थियो ।
निवर्तमान प्रदेश प्रमुख अहिराजले बाँकेको बाढी प्रभावित तथा सीमा क्षेत्रको समेत अवलोकन गरि स्थानीयसंग भेटघाट गर्नुभएको छ । त्यसक्रममा स्थानीयहरुले बाढीको समस्या तथा सीमा क्षेत्रमा उत्पन्न समस्याको बारेमा जानकारी गराउँदै पहलका लागि आग्रह समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here