नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रको गाडीले ठक्कर दिँदा एक बालकको मृत्यु भएको हो ।
गुलरिया नगरपालिका–११ ढल्लापुरस्थित विद्युतको गाडीले ठक्कर दिदा ११ वर्षिय लवकुश यादवको घटनास्थलमै मृत्यु भएको छ ।
विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रको गाडीले ठक्कर दिदा बालकको मृत्यु भएको प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले जानकारी गराएका छन् ।
बालकको शव घटनास्थलमै रहेको स्थानीय एक जनाले बताएका छन् ।
दुःखद घटनापछि स्थानीय वासिन्दा आन्दोलित बनेका छन् ।
गुलरिया–नेपालगञ्ज सडक खण्ड अवरुद्ध गरेर स्थानीयवासीहरु प्रदर्शनमा उत्रेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here