शुक्रवार भएको स्थानीय तह निर्वाचनको समाचार संकलन गर्न पुगेका संचारकर्मीहरुलाई मतदान अधिकृतले रोक लगाएका छन् ।
नेपालगञ्ज उमनपा वडा नं. ५ मा रहेको मतदान केन्द्रका मतदान अधिकृत यादव पौडेलले आफ्नो हैकम देखाउँदै मतदान केन्द्रभित्र संचारकर्मीलाई जान दिएनन् ।
मतदान केन्द्रभित्र प्रवेश गर्ने क्रममा त्यहाँ तैनाथ सुरक्षाकर्मीहरुले भित्र जान मनाही छ भनेपछि संचारकर्मीहरुले सुरक्षाकर्मीमार्फत मतदान अधिकृत यादव पौडेललाई मतदान केन्द्रको मूल गेटमा आउन अनुरोध गरेका थिए ।
संचारकर्मीहरुसँग कुराकानीको क्रममा मतदान अधिकृत यादव पौडेलले यस मतदान केन्द्रभित्र संचारकर्मीलाई जान र फोटो खिच्न मनाही रहेको बताएका थिए ।
अन्य मतदान केन्द्रमा संचारकर्मीहरुलाई निर्वाध रुपले संमाचार संकलनका लागि प्रवेश दिइएपनि वडा नं. ५ मा रहेको मतदान केन्द्रका मतदान अधिकृत यादव पौडेलले संचारकर्मीहरुलाई मतदान केन्द्रभित्र किन जान दिएनन् यो कुरा रहस्यमयी बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here