भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान ब्यक्त गरेका छन् ।
बुधबार विहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
मंगलबार काठमाण्डौंमा मृत अवस्थामा भेटिएकी चौधरीको शव उनको गृह नगर बाँके ल्याइएको थियो । बाँकेको राप्तीसोनारी–३ बेलासपुरमा रहेको घरमा बुधबार चौधरीको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । चौधरीलाई अन्तिम श्रद्धाञ्जली दिन बेलासपुर पुगेका मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाएर सम्मान ब्यक्त गरेका थिए ।
श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री अथकले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणिय क्षती पुगेको बताए । चौधरीको निधनले सिंगो खेल क्षेत्रलाई स्तब्ध बनाएको उल्लेख गर्दै मन्त्री अथकले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
१३ औं दक्षिण एशियाली खेलकुदमा भारोत्तोलन तर्फबाट स्वर्ण पदक बिजेता खेलाडी चौधरी एसियाली खेलकुदको तयारीका क्रममा ललितपुर बस्दै आएकी थिइन् ।
प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा बस्दै आएकी २३ वर्षिया चौधरी मंगलबार बिहान ५ः३० बजे मृत अवस्थामा फेला परेकी थिइन् ।
चौधरीको उनकै गृहनगरमा बुधबार धार्मिक बिधि अनुसार अन्तिम संस्कार गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here