सहकारी वित्तीय विकास बैंकमा हजारौं–हजार व्यक्तिको ५७ करोड रकम घोटाला गर्ने हरदेव बक्स चौधरी राप्रपामा प्रवेश गर्दै उनि अहिले १४ नं. वडाबाट वडाध्यक्ष पदमा प्रतिस्पर्धा गरि रहेको जानकारी प्राप्त भएको छ ।सहकारी वित्तीय विकास बैंकमा करोडौं रकम घोटाला गर्दा चौधरी केहि महिनाअघि पक्राउ परेका थिए जसमा उनि हालै २३ लाख रकम धरौटी राखी रिहा भएका हुन् ।नेगउमनपा १४ नं. वडामा वर्तमान समयमा नेकपा एमालेका ओमकार नाथ मिश्रा वडाध्यक्ष पदमा रहि कार्य गर्दै आएका छन् । अब हरदेव बक्स चौधरी वडाध्यक्ष पदमा विजयी हुन राप्रपाबाट प्रतिस्पर्धा गरिरहेका छन् । राप्रपाले यस स्थानीय निर्वाचनमा भ्रष्टाचार गरेर खानु आमाको रगत खानु बराबर हो भन्ने किसिमको नारा दिइ यस स्थानीय निर्वाचनमा देशभरि नै आफ्नो उम्मेदवार विभिन्न पदमा खडा गरेको छ ।शनिवार दिन नेपालगञ्जको पूर्वलाईनमा आयोजित आम सभालाई सम्बोधन गर्दै राप्रपाका राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो प्रतिबद्धता जनाउँदै भने, ‘आफ्नो पार्टी यस निर्वाचनमा विजयी भए भ्रष्टाचार निर्मूल पार्ने संकल्प म गर्दछु’ भन्दै उनले देश अब हिन्दु राष्ट्र बन्ने छ यसमा मुस्लिम समुदाय सुरक्षित रहने छन् भने ।यस आमसभामा राप्रपाबाट मेयर पदका उम्मेदवार नन्दलाल वैश्यले आफूलाई विजयी गराउन मतदातामा आव्हान गर्दै भने, म आफ्नो पार्टीको प्रतिबद्धता अनुसार भ्रष्टाचार गर्दैन ।’ उनिले आफ्नो आमालाई मञ्चमा बोलाई उनकोमाथि हात राखी शपथ लिँदै भने मैले भ्रष्टाचार गरे आमाको रगत खानु बराबर हो । यसअघि उनले आफू मेयर पदमा निर्वाचित भए तलब भत्ता खाँदैन भनेका थिए तर कमीशन खाँदैन यस्तो प्रतिबद्धता उनले जनाएका छैनन् । कार्यक्रममा उपमेयर पदका प्रत्याशी बिन्दु चर्ति मगरले पनि आफूलाई विजयी बनाउन मतदातामा आग्रह गरिन्।राप्रपामा केहि दिनदेखि अन्य पार्टीमा रहि अनियमिततापूर्ण कार्य गरेका स्थानीय नेता अहिले राप्रपामा धमाधम प्रवेश गरेपछि राप्रपाको भनाई र गराईमा फरक रहेको ठानी मतदाताहरुले यस पार्टीमाथि अहिलेदेखि नै औंला ठड्याउन शुरु गरेका छन् ।कार्यक्रमको बीच अन्य पार्टी परित्याग गरि दर्जनौं स्थानीय नेताहरु राप्रपामा प्रवेश गरेकाछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here